पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता

डिसी नेपाल
२२ माघ २०७९ २१:२६
16
Shares

भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज लुम्बिनी आएका छन्। लुम्बिनीको दर्शन गर्न उहाँ पहिलोपटक यहाँ आएका हुन्।

“सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ तर भौतिक रुपमा आउन पाएको थिएन”, मन्त्री किरातीले भने, “समग्रमा लुम्बिनी राम्रो लाग्यो ।” उनले मायादेवी मन्दिरको दर्शन गरी दीप प्रज्वलनसमेत गरे।

लुम्बिनी भ्रमणपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले लुम्बिनी गुरुयोजनालाई पहिलो प्राथमिकतामा राखी अगाडि बढ्ने बताए। उनले गुरुयोजना धेरै पछाडि परेको उल्लेख गर्दै यसलाई पूरा गर्न निर्देशन दिए।

लुम्बिनी गुरुयोजनाभन्दा बाहिर गएर काम गर्ने साहस नगर्न उनले कोषका पदाधिकारीलाई चेतावनीसमेत दिए। “सबभन्दा पहिला हामीले लुम्बिनी गुरुयोजना पूरा गर्नुपर्ने हुन्छ, तोकिएका समयभन्दा २८ वर्ष बढी किन लम्बियोे भन्ने मेरो चासो रहेको छ”, किरातीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *