सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

डिसी नेपाल
२३ माघ २०७९ १३:३८
468
Shares

काठमाडौं। नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन्।

बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए। उनी टिममा फर्किएको विषय विवादमा परेको छ। र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन्।

नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन्। यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए।

रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *