इरानका सर्वोच्च नेता खामेनीले १० हजार भन्दा बढी कैदीहरूलाई ‘सशर्त’ आममाफी दिए

डिसी नेपाल
२३ माघ २०७९ १३:५१

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलबाट १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् । आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन्।

इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ। उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औं वर्षगाँठको केही दिनअघि लिइएको हो ।

करिब पाँच महिनाअघि २२ वर्षीया महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृंखला सुरु भयो।

हिजाब नलगाउन महिलाहरुले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् । यी मानिसहरू देशको नैतिकता प्रहरीको कठोरता र मनमानीपनको विरोध गरिरहेका छन्।

त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौंलाई हिरासतमा लिएको छ । अधिकारीहरूले यी प्रदर्शनहरूलाई विदेशी समर्थनमा भएको ‘दंगा’ भनेका छन्। हालसम्म ५०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको मानवअधिकार संगठनहरूले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *