कमर्स क्याम्पसमा नेविसंघको संस्थापन र इतर पक्षबीच झडप

डिसी नेपाल
२३ माघ २०७९ १६:४५
24
Shares

काठमाडौं। नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको संस्थापन र इतर पक्षबीच विवाद भएको छ।

सोमबार काठमाडौंको नयाँबानेश्वरस्थीत नेपाल कमर्स क्याम्पसमा संस्थापन इतर पक्षले स्ववियु निर्वाचन विशेष सुझाव संकलन कार्यक्रम गर्न खोज्दा दुई पक्षबीच विवाद भएको हो।

आफुहरुले सुझाव संकलन गर्न खोज्दा संस्थापन पक्षले बिथोल्न खोजेको संस्थापन इतर पक्षको आरोप छ। विवाद भएपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पा क्याम्पस पुगेका थिए।

नेविसंघ संस्थापन इतरकी नेतृ प्रेमिका रानामगरले आफुहरुले क्याम्पसमा सुझाव संकलन गर्दा खोज्दा दुजाङ शेर्पा लगाएतले अवरोध सिर्जना गर्न खोजेको आरोप लगाए।

उनले संस्थापन पक्षले अवरोध सिर्जना गर्न खोजेपनि सुझाव संकलन अभियानलाई निरन्तरता दिने बताए। यता संस्थापन पक्षले भने पार्टीले दिएको जिम्मेवारी अनुसार नेविसंघलाई एकढिक्का बनाएर लैजान खोजेको जनाएको छ।

दुईपक्षबीच विवाद भएपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। पछिल्लो समय नेविसंघका दुवैपक्षले समानान्तर गतिविधी गर्दै आएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *