शाखा अधिकृतको लिखित परीक्षा स्थगित
काठमाडौं। लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ।
आज एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो।
आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ।
सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment