टर्की र सिरिया भूकम्प : अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

डिसी नेपाल
२४ माघ २०७९ ६:३२
416
Shares

एजेन्सी। टर्की र सिरियामा आज गएको घातक भूकम्पमा परी १७०० भन्दा बढीको ज्यान गएको छ। यहाँ पटक पटक परकम्पका धक्काहरु महसुस गरिएका छन । केहीबेर अघिमात्र अर्को ठूलो परकम्म जाँदा थप मानवीय क्षति भएको बिबीसीले जनाएको छ।

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ।

टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ। टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *