माेरारी बापूले गरे लुम्बिनी दर्शन, रामकथा मंगलबारदेखि (फाेटाे सहित)

डिसी नेपाल
२४ माघ २०७९ ७:२८

भैरहवा। भारतका प्रख्यात सन्त मोरारी बापू बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्न आएका बापुले मायादेवी मन्दिरकाे दर्शन गरेका छन्।

पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे। वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटी बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन्। `पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशी र शान्ति मिलेको छ। परम पावन धाममा आउनाले परम माैन, परम शांति र परम आनंदकाे अनुभूति भइरहेकाे छ। म आफूलाई एकदम शाैभाग्यशाली अनुभव गर्दैछु´ सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा समेत गरे।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू आएका हुन्। रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ। वापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *