टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८०० नाघ्यो

डिसी नेपाल
२४ माघ २०७९ ११:२५
32
Shares

काठमाडौं । टर्कीको गाजी एन्टेप सहर नजिक सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।

यससँगै घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको बताइएको छ ।

भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरैको ज्यान गएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको देखिन्छ ।

योसँगै अबको केही घण्टामा मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको सिरियामा सहायता पुग्न ढिलाइ भएको रिपोर्टहरू छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *