टिप्परमा स्कुटर ठोक्किँदा १५ वर्षीय किशोरीको मृत्यु

डिसी नेपाल
२४ माघ २०७९ ११:३२
152
Shares

धादिङ। धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ।

थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरी चौकी महादेववेशीले जनाएको छ।

टिप्परसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते भएकी लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौँबाट गजुरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङमा राखेको बा ४ ख २६५४ नम्बरको टिप्परको पछाडि सोमबार मध्यराति ठोक्किएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *