यूएसएआईडी प्रमुख समान्था पावर काठमाडाैंमा

डिसी नेपाल
२४ माघ २०७९ ११:३९
44
Shares

काठमाडाैं। अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा काठमाडाैं आइपुगेकी छन्। नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हो।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन्।

यूएसएआईडीले बुधवार विज्ञप्तिमार्फत उनको भ्रमणको जानकारी गराएको थियो।

पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ।

उनले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *