होस्टेलको खाना खाँदा १३७ विद्यार्थी अस्पताल भर्ना

डिसी नेपाल
२४ माघ २०७९ ११:४३
8
Shares

काठमाडौं । कर्नाटकको मङ्गलोर सहरको एक निजी नर्सिङ कलेजका १३७ विद्यार्थीलाई खानामा विषाक्तताको गुनासो भएपछि अस्पताल भर्ना गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार यी विद्यार्थीहरूले हिजो राति होस्टेलको मेसमा खाना खाएपछि उनीहरूलाई बान्ता र पखाला लाग्न थाल्यो।

मङ्गलुरुका प्रहरी आयुक्त एन शशि कुमारले भनेका छन्, ‘राती दुई बजे हामीले करिब १३७ विद्यार्थीलाई पेट दुख्ने, पखाला लाग्ने र वान्ता हुने जस्ता समस्या भएको थाहा पाएका थियौं। त्यसपछि विद्यार्थीलाई सिटी अस्पताललगायत शहरका विभिन्न अस्पतालमा भर्ना गरिएको थियो । हामी बिषयको तहसम्म पुग्ने प्रयास गरिरहेका छौँ ।

मङ्गलुरु सहरको स्वास्थ्य विभागले यस विषयमा आतंक र चिन्ताबाट जोगिन अपील गरेको छ।

मङ्गलुरुका जिल्ला स्वास्थ्य निरीक्षक डा अशोकले भने, ‘यी विद्यार्थीहरूलाई खानामा विषाक्तताका कारण अस्पताल भर्ना गरिएको हो। यस मामिलामा आत्तिनु वा चिन्ता लिनु आवश्यक छैन। होस्टल पुगेर वार्डनसँग कुरा गरेर यस विषयमा जानकारी लिने प्रयास गर्नेछौं। सबै विद्यार्थी खतरामुक्त छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *