पिसाब गर्दा पोल्ने र दुख्ने हुन्छ ? यस्तो भएको हुन सक्छ

डिसी नेपाल
२४ माघ २०७९ १२:५९

काठमाडौं । धेरै पटक मानिसहरूलाई पिसाब गर्दा धेरै पोल्ने वा दुखाइ हुन्छ। तर अक्सर मानिसहरूले यो कुरालाई बेवास्ता गर्छन्, जुन धेरै गलत हो। वास्तवमा, यदि तपाईलाई पिसाब गर्दा हल्का पोल्ने वा दुखाइ भइरहेको छ भने, तपाई धेरै प्रकारका संक्रमणको शिकार हुन सक्नुहुन्छ।

यी संक्रमणका कारण तपाईलाई पछि धेरै गम्भीर रोग लाग्न सक्छ। यस्तो अवस्थामा यदि पिसाब गर्दा पोल्ने दुख्ने हुन्छ भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । आउनुहोस् तपाईलाई बताउनेछौं के कारणले पिसाब फेर्दा दुखाई हुने गर्छ ।

मूत्र पथ संक्रमणः युरिनरी ट्र्याक्ट इन्फेक्सन अर्थात् UTI धेरै सामान्य रोग हो। जुन प्रायः पिसाबमा इन्फेक्सनको कारणले हुन्छ। प्रायः महिलाहरू यो रोगबाट पीडित छन्। किटाणुहरूले मूत्र प्रणालीमा आक्रमण गर्दा मानिसहरू यो रोगबाट संक्रमित हुन्छन्। यस संक्रमणका कारण मिर्गौला र मूत्राशयमा गहिरो असर पर्छ ।

यौन संचारित संक्रमणः शारिरीक सम्बन्धका कारण महिला र पुरुष दुबैमा यौन संचारित रोग लाग्ने गर्दछ । यदि तपाईलाई पिसाब गर्दा जलन महसुस हुन्छ भने तपाईलाई UTI को सट्टा STI हुन सक्छ। यस संक्रमणमा एचआईभी अर्थात् एड्स, ह्युमन प्यापिलोमा भाइरस संक्रमण, हर्पेस, हेपाटाइटिस, च्यान्क्रे, प्यूबिक लाइस, एचपीभी जस्ता रोगहरू पर्दछन्।

सिस्टिटिसः जब पिसाब थैली सुन्निछ, त्यो संक्रमणलाई सिस्टिटिस भनिन्छ। सिस्टिटिसको सबैभन्दा सामान्य कारण मूत्रमार्गको संक्रमण हो। वास्तवमा, जब ब्याक्टेरियाले पिसाब थैलीमा आक्रमण गर्छ, तब सिस्टिटिसको समस्या उत्पन्न हुन्छ। तर ठिक समयमा चिकित्सकको औषधी लिएर यो रोग निको पार्न सकिन्छ ।

मृगौला संक्रमणः मृगौलामा संक्रमण हुँदा प्रायः पेट, ढाड र कम्मर दुख्ने गर्छ । यो समस्यामा मानिसहरु बारम्बार पिसाब फेर्छन् । तर पिसाबसँगै पिप, रगत वा गन्ध आउनु पनि खतराको घण्टी हुन सक्छ। संक्रमणको समयमा पिसाब गर्दा जलन र दुखाइ हुन्छ।

रोकथामका उपाय:

पिसाब गर्दा पोल्ने र दुखाई हुन्छ भने तपाईले पर्याप्त मात्रामा पानी पिउनुहोस् । संभव भएसम्म हरेक एक घण्टामा पानी पिउनुहोस् । यसले मुत्राशयमा रहेको हानिकारक व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

मनतातो पानी पिउँदा पनि पिसाबको पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनुपर्छ, आरम हुन्छ । यसका साथै थोरै फिटकिरी पानीमा राखेर पिउन सकिन्छ । सिट्रिक एसिड अधिक भएका फलफुलहरु खानुहोस् । यसले युरिन इन्फेक्सन गराउने ब्याक्टेरिया नष्ट हुन्छ ।

राती एक चम्चा धनिया पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस् । बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुपर्छ । पिसाब पोल्ने समस्यामा अनारको जुस पनि लाभदायक हुन्छ ।

पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ । यसका साथै आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिन जरुरी हुन्छ। दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुनुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *