राखी सावन्तको पति पक्राउ, भन्छिन– म अब बस्न सक्दिन, डिर्भोस चाहान्छु

डिसी नेपाल
२४ माघ २०७९ १४:५०
2.6k
Shares

मुम्बई । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ  गरेको छ।

मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।

राखी सावन्तले भनेकी छिन, ‘मंगलवार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरे ।’ उनले आफु माथी निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआईआर पनि दर्ता गराएकी थिइन ।

पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन, ‘यो मान्छेसँग म बस्न सक्दिन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन, मैले अन्तिममा पनि तनुलाई छाडेर आईज भनेको थिएँ तर उसले मानेनन, अब म डिर्भोस गर्छु ।’

राखी सावन्तको बिबाह केही साता अघि मात्रै भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *