६५ देशका २,६६० राहत कार्यकर्ता राहत र उद्धारका लागि टर्की पुगे
काठमाडौं । टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी एएफएडीले आफ्नो पछिल्लो अपडेटमा ६५ देशले राहत र उद्धार कार्यमा सहयोग गर्न २ हजार ६६० जना कर्मचारी पठाएको जनाएको छ ।
टर्कीका उद्धारकर्ताहरूसँग १३,७३० मानिसहरू पहिले नै प्रभावित क्षेत्रमा उद्धार कार्यमा संलग्न छन्। राहत कार्यकर्ताहरूले ६२९ क्रेन र ३६० सवारी साधन प्रयोग गरिरहेका छन्।
प्रभावितलाई तीन लाख कम्बल, ४१ हजार ५०४ परिवार पाल, हिटर र किचन सेट वितरण गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment