‘किन भाउ खाएको ?’ भन्दै किशोरीको ओठमा १०० रूपैयाँको नोटले मुसार्ने व्यक्तिलाई १ वर्ष जेल !

डिसी नेपाल
२४ माघ २०७९ १५:३३
276
Shares

काठमाडौं । मुम्बईको एक विशेष पोक्सो ऐन अदालतले एक नाबालिगलाई अशोभनीय रूपमा दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई एक वर्षको जेल सजाय सुनाएको छ। नाबालिगको ओठमा १०० रुपैयाँको नोट घुमाउँदै ती व्यक्तिले भनेका थिए, ‘म तिमीलाई मन पराउँछु । तिमी किन यति धेरै भाउ खान्छौ ?’ यस मामलामा प्रहरीले ती व्यक्तिलाई एक नाबालिगको नम्रताको अपमान गरेको र यौन दुर्व्यवहार गरेकोमा दोषी पाए।

तर, ३२ वर्षीय दोषीलाई सजाय सुनाउँदा अदालतले उनको परिवार उनीमाथि निर्भर रहेको र उनकी आमा क्यान्सर रोगी भएको कुरालाई ध्यानमा राखेको थियो। विशेष न्यायाधीश एससी जाधवले भने, ‘अपराधको गम्भीरता र त्यसले माग गरेको सजायलाई ध्यानमा राखी उचित सजाय दिनु अदालतको कर्तव्य हो ।’

विशेष सरकारी वकिल वीणा शेलारले अभियुक्तलाई दोषी ठहर गर्न उद्धृत गरेका साक्षीहरूमा बालिका, उनकी आमा र छिमेकी थिए।

१६ वर्षीय किशोरीले अदालतमा भनिन्, १३ जुलाई २०१७ राती आठ बजे उनी छिमेकीसँग बजार गएकी थिइन् । त्यहाँ एकजना मानिस उनको पछि लागे। बाटोमा रोकेर उनीनजिक आए । ती व्यक्तिले ओठमा १०० रुपैयाँको नोट घुमाए ।

आरोपितलाई रिसाएर हेर्दा उनले भनेका थिए, ‘किन यस्तो गर्छौ, किन यति धेरै भाउ खाइरहेकी छौ’ । उनले घर फर्किएर आमालाई दुःखको कुरा सुनाइन् । त्यसपछि आमा छोरी प्रहरी चौकी पुगे र व्यक्तिविरुद्ध एफआईआर दर्ता गराए ।

नाबालिगले आफ्नो उजुरीमा आरोपितले कलेज जाँदा उनको पछि लाग्ने गरेको बताएकी छिन् । उसले त्यसमा सीटी बजाउँथ्यो र टिप्पणीहरू गर्थ्यो। उनलाई र उनकी आमालाई छुरा हानेर मार्ने धम्की समेत दिएको थियो । नाबालिगका छिमेकीले पनि उनको भनाइलाई पुष्टि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *