लड्डु र दहीबाट फिल्मको प्रचार गर्दै मार्बल

डिसी नेपाल
२४ माघ २०७९ १७:०८

लसएञ्जल्स । हलिउड फिल्मको सबैभन्दा ठूलो सुपरहिरो फ्रेञ्चाइजी मार्वल सिनेम्याटिक युनिभर्सको क्रेज बढ्दो छ । हलिउडलाई मनपराउने हलिउड बाहिरका दर्शकका लागि मार्बल स्टुडियोले प्रचारको नयाँशैली अपनाएको छ ।

मार्बलले आफ्नो नयाँ फिल्म ‘एन्ट–मेन एण्ड द वास्पःक्वान्टुमेनिया’को प्रचारका लड्डु, दही, शख्खरजस्ता वस्तुको प्रयोग गरेको छ । मार्बलले हालैमात्र नयाँ चरणको फिल्मको शुभारम्भको घोषणा गर्दै आधिकारिक इन्स्टाग्राम हेण्डलमा केही तस्वीर राखेको छ । मार्बलले राखेको तस्बिरमा लड्डु, दही, सख्खर र काचो नरिवल छ ।

ती तस्वीरको माथि ‘फेज ५ को शुभारम्भ’ लेखिएको छ । ‘आशा छ, तपाईहरु फेज ५ को धमाकेदार सुरुवात गर्नुहुनेछ । १७ फेब्रुअरीमा आफ्नो नजिकका थिएटरमा मार्बल स्टुडिोको एन्ट मेन एण्डद वास्पः क्वान्टुमेनिया’ हेर्नका लागि तयार हुनुहोस्’, मार्बलले लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *