नेपाल टी-२० लिगः फिक्सिङमा संलग्न भएको आरोपमा थप एक पक्राउ

डिसी नेपाल
२४ माघ २०७९ २०:४५

काठमाडौं । नेपाल प्रहरीले टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पर्साबाटै पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) जनाएको हो ।

‘सिआइबीले अहिलेसम्म तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार एक जना फरार भएका छन् । सिआइबीले पूर्वखेलाडी मेहबुब आलम र हालका खेलाडी आदिल अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सिआइबीले पत्रकार सम्मेलन गरेर चार जना नेपाली र ६ जना विदेशीको संलग्नता रहेको जनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *