सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दावी पेश
काठमाडौँ। सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन्।
विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन्। अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन्।
फिफासँग दावी गरिए अनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ।
उता सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छन भने यस्तै साउदी अरेबिया, इजिप्ट र ग्रिसले पनि संयुक्त दाबी गर्ने प्रक्रियामा छन्।
फिफाले अव दावी गरिएका युरोपियन राष्ट्र, अरबी राष्ट्र वा दक्षिण अमेरिकी राष्ट्रलाई विश्वकप सञ्चालन गर्न दिन्छ कि दक्षिण अमेरिकी राष्ट्रलाई त्यो भने हेर्न अझ बाँकी रहेको छ।
फिफाले सन् २०३० को विश्वकप आयोजना गर्ने स्थानको निर्णय सन २०२४ मा गरिसक्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment