मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ। काठमाडौं र सर्लाहीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ।
बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जिपआपसमा ठोक्किएका थिए। दुवै सवारी साधन र जिप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको।
उता सर्लाहीको कविलासी नगरपालिका ७ मा मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। नवलपुर–मलंगवा सडकखण्डमा प्रदेश २ ०३ ००९ प ९१५ नम्बरको मोटरसाइकल सोमबार मध्यराति १२ बजे अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किएको थियो।
दुर्घटनामा कविनासी नगरपालिका ९ सलेमपुरका २७ वर्षीय डिकेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment