एमालेलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्छ : गगन थापा {भिडियो}

डिसी नेपाल
२५ माघ २०७९ १५:५०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् । बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल बिषयक बिचार गोष्ठिमा थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए कठपुतली राष्ट्रपति हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् ।

उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच बर्षका लागि गठबन्धन भनेर गएका दलले प्रधानमन्त्रीको बहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामू क्षमा माग्नुपर्ने धारणा राखे । उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई कल्पना गरे भन्दा बढि मत जनताले दिएको भन्दै सरकारमा जानु र बाहिरिनुको जवाफ जनतालाई दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरे । उहाले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखे । झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *