उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्दै

डिसी नेपाल
२६ माघ २०७९ १२:२३

काठमाडौं । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।

तर, बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए  ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो ।

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ । सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउनसमेत नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउने प्रयत्न समेत गरिने तयारी छ ।

सुदूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने समयावधि आज सकिँदै छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मतदिन आनाकानी गरेपछि सुदूरपश्चिम सरकार संकटमा परेको छ ।
 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *