सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजे सर्‍यो

डिसी नेपाल
२६ माघ २०७९ १३:१८

सुर्खेत । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।

रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ४ बजेसम्मका लागि बैठक सरेको हो।

सुदूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने समयावधि आज सकिँदै छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मतदिन आनाकानी गरेपछि सुदूरपश्चिम सरकार संकटमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *