बेलाइतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

डिसी नेपाल
२६ माघ २०७९ १३:४७
480
Shares

लन्डन। युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ। बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका हुन्।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलाइती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलाइत पुगेका छन्। उनले बेलाइतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो।

यो घोषणा युक्रेन विरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउँने छ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ। बेलाइती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताएका हुन्।

“यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दवाबलाई थप बलियो बनाउने छ। युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु। यी कुराहरू हाम्रो कानूनसँग मेल खान्छन्।” उनले भने।

यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी-कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउँने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी-एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ। त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ।

यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन्। यसबाहेक, बेलाइत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन्। रुस-युक्रेन युद्ध विगत एक वर्षदेखि निरन्तर जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *