डिज्नीमा ७ हजार कर्मचारीको जागिर जाने, सीईओले बताए कारण
काठमाडौं । अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका सीईओ बब इगरले यो जानकारी दिएका छन्।
डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामुखी बनाउन र ५.५ बिलियन डलर बचत गर्नका लागि यी कटौतीहरू गरिएको हो।
बब इगर नोभेम्बरमा कम्पनीमा फर्के। त्यसपछि उनले पहिलो ब्याचको वित्तीय नतिजा सार्वजनिक गरे । यसका अनुसार सन् २०१९ मा डिज्नी प्लस लन्च भएदेखि नै यसको आम्दानीमा बृद्धि भएको छ तर ग्राहकमा भने कमी आएको छ ।
उनले भने, ‘हामीले कम्पनीलाई नयाँ आकार दिन खोज्दा खर्च कम हुनेमा हामी विश्वस्त छौं । यसले हामीलाई स्ट्रिमिङ व्यवसायमा दिगो बृद्धि र लाभप्रदतातर्फ लैजानेछ।’
यो छाँटकाँट पछि, डिज्नीका कर्मचारीहरूको संख्या विश्वव्यापी रूपमा ३.६ प्रतिशतले घट्नेछ। सन् २०२२ को तेस्रो त्रैमासिकको वित्तीय नतिजा सार्वजनिक गर्दै कम्पनीको पुनर्संरचनाको घोषणा गरिएको हो ।
वित्तीय नतिजा अनुसार कम्पनीको आम्दानी आठ प्रतिशतले बढेर २३.५ अर्ब डलर र खुद आम्दानी ११ प्रतिशतले बढेर १ अर्ब ३० करोड डलर पुगेको छ ।
यसैबीच, डिज्नी प्लसको ग्राहक संख्या त्रैमासिकमा करिब २४ लाखले घटेर १६ करोड १८ लाख पुगेको छ ।







डिसी नेपाल







Facebook Comment