फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरण भुक्तानी गरे जरिवाना छुट

डिसी नेपाल
२६ माघ २०७९ १६:२७

काठमाडौं । फागुन भित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो ।

आर्थिक बर्ष २०७०र७१ देखि २०७५र७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफनो सवारीसाधनहरुको कर नविकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध  पनि गरेको छ ।

यसैगरी कार्यालयका अनुसार अविलम्व कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *