बढुवा भएका सहायकरथी भट्टलाई लाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा हुनुभएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिएको छ।
सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment