अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो

डिसी नेपाल
२७ माघ २०७९ ८:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ३२ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो।

यता,  युरोपियन युरोको भाउ बढेको छ। युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५९  पैसा कायम गरिएको छ। बिहिबार यसको खरिददर १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६ पैसामा कारोबार भएको थियो।

यस्तै बेलायती पाउण्डको खरिददर १६० रूपैयाँ ०३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ९२ रूपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३० पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ।

मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ५२ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ६६ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर भने ४३३ रूपैयाँ  छ। यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ०६ पैसा तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *