शुभम पावरको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस्

डिसी नेपाल
२७ माघ २०७९ ९:५१

काठमाडौँ। शुभम पावरको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय मा बिहान  ९ः३० बजे बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १२ लाख ७५ हजार ४२१ आवेदकले कुल १ करोड ३८ लाख ४७ हजार ५७० कित्ता सेयर माग भएको थियो। तीमध्ये ३ हजार ५८७ आवेदकबाट परेको  ४७ हजार २०० कित्ता सेयर बदर भएको छ।

बाँकी आवेदकमा ४८ हजार १८८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १२ लाख २३ हजार ६४६ जना आवेदकको हात खाली भएको छ।

कम्पनीले माघ १८ गतेदेखि माघ २२ गतेसम्म प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गरेको हो। जारी गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

अव बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ। भने, बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *