देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १८ जना पक्राउ
काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार उनीहरु बाँके, कैलाली र बाराका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।
बाँके, नेपालगंज उपमहानगरपालिका–१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका–१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका–५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
कैलाली, गोदावरी नगरपालिका–६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १२० मिलिग्रामसहित गोदावरी नगरपालिका–६ बस्ने २५ वर्षीय गोपाल चौधरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कैलाली, टीकापुर नगरपालिका–१ साथी अस्पताल चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका–१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन्।
ईलाका प्रहरी कार्यालय टीकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३–०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका–५ बस्ने १८ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१–१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरको हो।
यस्तै धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२–००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनुसुगर ७ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन्। सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगरसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।
बारा, निजगढ नगरपालिका–११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित सोही नगरपालिका–१२ बुङ्जोर बस्ने २३ वर्षीय विजय गोलेलाई प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment