बेलायतको अर्थतन्त्र मन्दीबाट सुध्रिदै
लन्डन। बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ।
शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल ग्राहस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ। जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ।
ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो।
अर्थमन्त्री जेरेमी हन्टले बेलायतले “मन्दीबाट जोगिन” गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि बढ्दो उच्च उपभोक्ता मूल्यहको बारेमा भने चेतावनी दिएका छन्। “हामी अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर छैनौं र मुद्रास्फीतिको समस्या जटिल नै छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment