कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं। कोरोना भाइरस संक्रमणवाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ।
अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भइ घर फर्केका छन्। खोप अभियान सुरु भएदेखि अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाईसकिएको छ।
उता, हिजो मात्र देशभर तीनजना कोरोनाका संक्रमित थपिएका थिए। एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार एकजना संक्रमणमुक्तसमेत भएका छन्।
देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment