रुस–युक्रेन युद्ध र अमेरिकामा देखिएको बेलुनबारे चीनले के भन्यो ?

डिसी नेपाल
२८ माघ २०७९ १०:३६
80
Shares

काठमाडौं । बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयले अमेरिकामा देखिएका बेलुन र रुस–युक्रेन युद्धमा आफ्नो अडानबारे कुरा गरेको छ ।

ब्लूमबर्गका संवाददाताको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले युक्रेनको मुद्दामा चीनले आफ्नो अडान स्पष्ट गरिसकेको बताए।

माओ निङलाई चीनले रुसलाई सैन्य प्रयोगका लागि हतियार र प्रविधि दिएको सुनिएको भन्दै जी७ देशले चीनमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने भनेर सोधिएको थियो ।

प्रश्नको जवाफमा माओ निङले भनिन्, “चीनले यस विषयमा आफ्नो अडान पहिले नै स्पष्ट गरिसकेको छ। राष्ट्रपति सी जिनपिङले विगतमा शान्ति वार्तालाई प्रवर्द्धन गर्न र तनाव कम गर्न सकारात्मक प्रयास गरेका छन्।”

उनले भनिन्, “चीन एकपक्षीय प्रतिबन्धको विरुद्धमा छ र अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र सुरक्षा अन्तर्गत कुनै आधार नभएका यस्ता निर्णयहरूको आलोचना गर्दछ। चीन आफ्नो र चिनियाँ कम्पनीहरूको हितको रक्षा गर्न प्रतिबद्ध छ। कानूनको दायराभित्र रहेर कदम चाल्नेछ।”

चिनियाँ बेलुनबारे प्रश्न सोधिएको थियो कि परराष्ट्र मन्त्रालयलाई बेलुनबारे कुनै नयाँ जानकारी छ ? के तपाइँ बेलुनमा रहेको उपकरण र यसको स्वामित्वको वर्णन गर्न सक्नुहुन्छ?

यसबारे माओ निङले भनिन्, ‘चीनले उक्त हवाई जहाजको बारेमा निरन्तर जानकारी आदान प्रदान गरेको छ। अमेरिकी आकाशमा चिनियाँ नागरिक हवाई जहाजको प्रवेश एक अप्रत्याशित घटना थियो। चीनले बारम्बार अमेरिकालाई बल प्रयोग गरेर अत्यधिक प्रतिक्रिया दिएको स्पष्ट गरेको छ।’

“चीनले यसको कडा विरोध र निन्दा गर्दछ। हामीसँग ‘फ्लीट अफ बेलुन’ बारे कुनै जानकारी छैन। यो अमेरिकाको नराम्रो प्रचार हो जुन उसले चीन विरुद्ध गर्छ। विश्वलाई थाहा छ कुन देश जासुसी र निगरानीमा सबैभन्दा अगाडि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *