भारतमा पहिलो पटक लिथियमको भण्डार भेटियो
काठमाडौं । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा जम्मू कश्मीरको रियासी जिल्लामा ५.९ मिलियन टन लिथियमको भण्डार फेला परेको जनाएको छ।
लिथियम एक अलौह धातु हो जुन इभी ब्याट्री बनाउन प्रयोग गरिन्छ।
भारतले लामो समयदेखि आन्तरिक आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेको थियो।
समाचार एजेन्सी एएनआईले आफ्नो रिपोर्टमा यो स्टक रियासी जिल्लाको सलाल-हैमाना क्षेत्रमा भेटिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment