‘मेड इन चाइना’ क्यामेरा हटाउने अस्ट्रेलियाको बयानमा चीनले के भन्यो ?
काठमाडौं । अष्ट्रेलियाले चीनमा बनेका क्यामेरा हटाउने निर्णयको चिनियाँ विदेश मन्त्रालयले कडा आलोचना गर्दै राष्ट्रिय सुरक्षाको माग गर्दै चिनियाँ कम्पनीलाई रोक्न खोज्नु गलत भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार पत्रकार सम्मेलन गरी सो कुरा बताएकी हुन् । उनले भनिन् ‘मैले भने कि चिनियाँ सरकारले सधैं चिनियाँ कम्पनीहरूलाई बजार नियम र अन्तर्राष्ट्रिय र स्थानीय कानूनको दायराभित्र रहेर काम गर्न प्रोत्साहित गर्ने प्रयास गर्छ।’
उनले भनिन, ‘राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाइचढाइ गर्ने र चिनियाँ कम्पनीको काम रोक्न बल प्रयोग गर्ने र उनीहरूमाथि भेदभाव गर्ने कुराको हामी कडा आलोचना गर्छौँ ।’
“हामी आशा गर्छौं कि अष्ट्रेलियाली पक्षले चिनियाँ कम्पनीहरूलाई सञ्चालन गर्न निष्पक्ष, न्यायोचित र गैर-भेदभावरहित वातावरण प्रदान गर्नेछ र दुई देशहरूबीच आपसी विश्वास र सहयोग अभिवृद्धि गर्न थप कदमहरू चाल्नेछ।”
हालै अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रमा जडान गरिएका मेड इन चाइना सेक्युरिटी क्यामेरा हटाउने बताएका थिए ।
उनले भनेका थिए, “यो एउटा महत्त्वपूर्ण तथ्य बाहिर आएको छ र हामी यसमा काम गर्नेछौं। हामी निगरानी प्रविधिको समीक्षा गर्नेछौं र हाम्रा ठाउँहरू पूर्ण रूपमा सुरक्षित छन् भनेर सुनिश्चित गर्नेछौं।”
पत्रकार सम्मेलनमा, समाचार एजेन्सी एएफपीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङलाई अष्ट्रेलियाली रक्षामन्त्रीको भनाइप्रति प्रतिक्रिया दिन आग्रह गरेको थियो र अष्ट्रेलिया सरकारको यो कदमले सुरक्षा क्यामेरा बनाउने हाइकभिजन र दाहुआ जस्ता चिनियाँ कम्पनीहरूलाई असर गर्ने बताएको थियो।
पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार २५० भन्दा बढी सरकारी भवनमा कम्तीमा ९१३ मेड इन चाइना सेक्युरिटी क्यामेरा जडान गरिएको छ । यी भवनहरूमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय रहेका छन् ।
समाचार एजेन्सी निक्की एशियाको रिपोर्टका अनुसार गत वर्ष नोभेम्बरमा बेलायती सरकारले सबै सरकारी विभागहरूलाई राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै संवेदनशील स्थानहरूमा चीनसँग जोडिएका निगरानी क्यामेराहरू जडान नगर्न आग्रह गरेको थियो।
यसअघि अमेरिकाले पनि सुरक्षाको कारण देखाउँदै केही चिनियाँ कम्पनीका उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।







डिसी नेपाल







Facebook Comment