अमेरिकाले टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने
काठमाडौं । अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआईडीले टर्की र सिरियामा गएको भूकम्पको सामना गर्न दुवै देशलाई ८५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीका लागि प्रयोग गरिने छ, बस्न र कडा जाडोबाट बच्ने प्रबन्ध मिलाइने छ ।
यी दुई देशमा विश्वभरबाट आइरहेको सहयोगका बीच अमेरिकाको यो निर्णय आएको हो । हालसम्म यी दुई देशमा भूकम्पका कारण २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यस प्रकोपसँग जुध्न तत्कालै राहत सामग्रीको आवश्यकता रहेको राहत तथा उद्धारकर्मीहरू बताउँछन्, अन्यथा चिसोका कारण धेरैको ज्यान जानेछ ।
युएसएआईडीले आफ्नो विज्ञप्तिमा भनेको छ कि यसको मद्दत मानिसहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गर्न सकिन्छ।
युएसएआइडी निर्देशक सामन्था पावरले भने कि अमेरिकाले पहिले नै विपद् सहायता प्रतिक्रिया टोली (डार्ट) पठाइसकेको छ, जसले हाल टर्कीको अदियामान, अडाना र अंकारामा मद्दत गरिरहेको छ।
टोलीमा विज्ञ, १५९ उद्धारकर्मी र १२ कुकुरसहित करिब २०० जना छन् ।







डिसी नेपाल







Facebook Comment