चिनियाँ ‘जासूस बेलुन’मा उपकरण भेटिएको अमेरिकाको दाबीबारे चीनले के भन्यो ?
काठमाडौं । शुक्रबार चीनले आफ्नो मानवरहित बेलुनबारे अमेरिकासँग बारम्बार जानकारी आदान प्रदान गरेको बताएको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले चीनले आफ्नो मानवरहित हवाई जहाजसँग सम्बन्धित जानकारी अमेरिकासँग साझा गरेको र मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने वायुयान अप्रत्याशित कारणले अमेरिकी आकाशमा प्रवेश गरेको बताएकी छिन् ।
अमेरिकाको दाबी छ कि उसले चिनियाँ बेलुनमा यस्तो उपकरण फेला पारेको छ जुन स्पष्ट रूपमा गुप्तचर निगरानीका लागि प्रयोग गरिन्छ, मौसमसम्बन्धी जानकारी सङ्कलन गर्नका लागि होइन।
शुक्रबार पत्रकार सम्मेलनमा माओ निङलाई समाचार एजेन्सी एएफपीका रिपोर्टरले यसबारे चीनको के भनाइ छ भनेर सोधेका थिए। यसको जवाफमा माओ निङले बेलुनमा रहेको उपकरणको बारेमा आफूलाई जानकारी नभएको बताइन् ।
यसै क्रममा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले चिनियाँ बेलुनमार्फत अमेरिकाको जासुसी गर्ने चीनको प्रयासको कडा निन्दा गरेको छ।
अमेरिकाको यो कदमको आलोचना गर्दै चीनले अमेरिकी कंग्रेसको यो प्रस्ताव पूर्णतया राजनीतिक फाइदा उठाउने र यस विषयलाई नाटकीय बनाउने प्रयास भएको बताएको छ । उनका अनुसार चीनले यस्तो प्रयासको कडा विरोध गर्दछ।
The Chinese balloon that crossed the U.S. was outfitted with antennas likely capable of collecting communications, a State Department official said, adding that the Biden administration is preparing to take action against China.@mgordonwsj @vmsalamahttps://t.co/19Pl8WUcJE
— Jonathan Cheng (@JChengWSJ) February 10, 2023
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै चिनियाँ नागरिकको सम्पत्ति खरिदमा प्रतिबन्ध लगाउने अमेरिकी राज्य सरकारको प्रस्तावको आलोचना गरेकी छिन्।
उनले अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई बढाइचढाइ गरेर बजार अर्थतन्त्रको सिद्धान्त र अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत रहेको बताइन् । यसले अमेरिकाप्रति विश्वको विश्वासलाई कमजोर बनाउने उनले बताइन् ।







डिसी नेपाल







Facebook Comment