कोटिहोम महायज्ञको रवि लामिछानेले गरे दर्शन

डिसी नेपाल
२८ माघ २०७९ १८:५८

चितवन। नारायणी नदी किनारमा जारी साङ्ग-बिराट्-श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको शनिबार शहरी विकास मन्त्री विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवलोकन गरेका छन्।

पाण्डे र लामिछाने आउने भएपछि महायज्ञमा आज दिनभर भक्तजनको बाक्लो भिड लागेको थियो।

महायज्ञको अवलोकनपछि बोल्दै मन्त्री पाण्डेले सनातन धर्मको रक्षाका लागि सरकारले गौवनको व्यवस्था गर्नुपर्ने बताए। धर्म संस्कृतिको संरक्षणका लागि कोटिहोम महायज्ञ महत्वपूर्ण भएको उनले बताए।

रास्वपाका सभापति लामिछानेले नारायणी किनारजस्तो पवित्र स्थलमा भएको धार्मिक अनुष्ठानले सनातन धर्मको संरक्षणमा टेवा पुग्ने बताए। गृहमन्त्रालयमा ३२ दिन रहँदा आफुले दर्जनौँ आमाबुबाको समस्या सम्बोधन गरेको उनले बताए।

आफुलाई विरोधीले देश निकाला गर्नेदेखि ज्यान नै मार्नेसम्मको योजना बनाएको उनको भनाइ थियो। महायज्ञमा आयोजकले उनको अभिषेक गराएर शान्ति र प्रगतिको कामना समेत गरेका थिए।

आफुले सत्यको बाटो नछाडेको उनले बताए। न्याय र अन्यायको फैसला चितवनका जनताले गर्ने बताउँदै उनले भने, ‘अदालतको फैसला त भयो, तर न्याय भयो कि भएन त्यो चितवनको जनताले भन्ने छन्।’ आफु लड्दा फेरि उठेर हिँड्ने साहस चितवनले दिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *