खानेपानीमन्त्री खाँनद्वारा आयोजनाको निरीक्षण
काभ्रेपलाञ्चोक। खानेपानीमन्त्री अब्दुल खाँनले काभ्रेपलाञ्चोकको पनौतीस्थित नेपाल खानेपानी संस्थानअन्तर्गत ‘मिनरल वाटर’ आयोजनाको आज निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री खाँनले सरकारी खानेपानी आयोजना घाटामा जाँदा देशमा थप आर्थिक भारपर्ने हुँदा नाफामूलक कम्पनीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
“सरकारको लगानीमा रहेका हरेक खानेपानी आयोजना हरेक वर्ष घाटा मात्रै जाँदा अन्य आयोजनाको अवस्था निरूत्साहित हुँदै जान्छन्”, मन्त्री खाँनले निर्देशन दिए।
साथै, उनले सरकारले उत्पादन गरेको खानेपानीको जार निजी कम्पनीकाभन्दा महँगो हुँदा उपभोगक्तालाई प्रत्यक्ष मार पर्ने भएकाले लागत कम गर्दै उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन्। मन्त्री खाँनले खानेपानी मन्त्रालायबाट यस आयोजनालाई नाफामूलक अवस्थामा लैजानका लागि तत्काल अघि बढ्ने बताए।
नेपाल खानेपानी संस्थानद्वारा विसं २०७४ देखि सञ्चालित उक्त आयोजनामा उत्पादनको सुरुआतदेखिनै घाटामा सञ्चालन भएको कर्मचारीले जानकारी दिएका छन्।
लागतभन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिब पचास लाख घाटा हुँदै गएको अवस्था रहेकाले उत्पादनमा तदारुकता देखाएकोप्रति स्थानीयवासीले जनगुनासो गर्दै आएका छन्।
उत्पादित खानेपानीको माग राम्रो भए पनि उत्पादन क्षमता बढाउन नसकेको कम्पनीले हाल दैनिक तीन सय ५० जार मात्र पानी उत्पादन गर्दै आएको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment