जुवातास खेलेकाे आराेपमा आठ जना पक्राउ

डिसी नेपाल
२९ माघ २०७९ १२:५७
156
Shares

भक्तपुर। चाँगुनारायण नगरपालिका-७ खरिपाटी कमेरेटोलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछानेसहित ८ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

उक्त ठाउँमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *