सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ

डिसी नेपाल
२९ माघ २०७९ १३:१४
52
Shares

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई शनिबार पक्राउ  गरेको प्रहरीले जनाएको छ।

इन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *