जब भारतमा तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट भाईरल भयो

डिसी नेपाल
२९ माघ २०७९ १७:११
2.8k
Shares

केरला। भारत केराला राज्यका एक तेस्रो लिङ्गी दम्पतीले खिचेको गर्भावस्थाको फोटोसुट सामाजिक सञ्जालमा भाइरल भएको छ। दम्पतीले गर्भधारण गरेको फोटोसुट गरेर ईन्स्टाग्राममार्फत जब बाहिर ल्याए, जो अहिले संसारभर भाईरल भईरहेको हो।

दक्षिणी राज्य केरलामा बस्ने २१ वर्षीय जिया पावल र उनको २३ वर्षीय साथी जहादको गर्भवती भएको तस्विर अहिले भाईरल भएको हो। भारत जस्तो रुढीवाद समाजमा आफ्नो लिङ्ग परिवर्तन गरी र गर्भवतीसमेत भएको फोटो सार्वजनिक गरे पछि अनेक क्रिया प्रतिक्रिया आईरहेका छन्।

सामाजिक सञ्जालमा धेरैले लिङ्ग परिवर्तन गरेका यो जोडीलाई बधाई दिईरहेका छन्।

भारतमा करिब २० लाख तेस्रो लिङ्गी रहेको अनुमान गरिन्छ यद्यपि उनीहरुको दाबी अनुसार यो संख्या अझ बढी छ। भारतीय रुढवादी समाज र संस्कृतिका कारण पनि उनीहरु धेरै खुल्न सकिरहेका छैनन्, जो खुलेका छन्, त्यहाँको समाजले अझै पनि हेय र हाँस्यको दृष्टीले हेर्दै आएको छ। धेरै जसो उनीहरु नतर्की पेसामा आबद्ध छन्, जसले भारतीयहरुलाई सस्तो मनोरञ्जन दिईरहेका छन्।

तर, पावल र जाहादको फोटोसुट सार्बजनिक भएपछि भारतीय तेस्रोलिङ्गीहरुलाई उत्साह छाएको छ, उनीहरुमा हौसाला बढीरहेको छ। एक तेस्रो लिङ्गी प्रिंयका दासले भनिन्, ‘यसले हामीजस्ता तेस्रो लिङ्गीहरुलाई हौसला प्रदान गरेको छ, मलाई लाग्छ– हाम्रो शारिरिक बनावटमा खिल्ली उडाउनेहरु क्रमशः हामीलाई एकदिन सम्मान दिन थाल्ने छन्, जसरी अरु बिकसित देशमा सम्मान पाईरहेका छन्।’

भारतको सर्वोच्च अदालतले पनि यसअघि नै यो निर्णय गरिसकेको छ कि तेस्रोलिङ्गीहरुलाई भारतका अन्य लिङ्गका मानिसहरू झै समान अधिकार छ। कानुनी रुपमा स्वतन्त्र र अधिकार सम्पन्न भएपनि भारतको सामाजिक र सांस्कृतिक परिवेशका कारण अझै पनि तेस्रो लिङ्गीहरुलाई समाजका अगाडी उभिन त्यति सहज भईरहेको छैन। उनीहरू अझै पनि शिक्षा र स्वास्थ्य सेवालगायतका क्षेत्रमा समान पहुँच गर्न संघर्ष गरिरहेका छन्।

तर, पछिल्लो समयमा धेरै तेस्रो लिङ्गीहरुले औपचारिक कार्यक्रम नै गरेर आफु पनि अरु मानिस जस्तै स्वतन्त्र रुपमा हिडडुल गर्न र कानुनी अधिकारका लागि लडिरहेका भेटिन्छन्, जसले उनीहरुलाई समाजका अन्य जस्तै छात्ति फुकाएर हिडन सहज बनाउने कोशिश गरिरहेका छन्। सर्वोच्चले दिएको कानुनी अधिकारका कारण पनि भारतीय समाज पनि क्रमशः तेस्रो लिङ्गी प्रति नरम र खुकुलो हुदैँ गएको छ तर त्यति सहज भने भईसकेको छैन।

उता, पावल र जहादको फोटोसुटले भारतमा क्रान्ति गरेको टिप्पणी पनि गर्न क्रमशः बढन थालेका छन्।

जिया पवल र जाहादको तीन वर्ष पहिले भेट भएको थियो । त्यो बेला उनीहरु दुवै आफ्नो परिवारबाट अलग भईसकेका थिए, उनीहरुलाई परिवारले साथ दिएका थिएनन्, बरु उनीहरुका कारण गाउँ, छिमेक र आफान्तका अगाडी सरमको बिषय भनेर लुकाउन हरपल खोजिरहेका हुन्थे।

‘म रूढिवादी मुस्लिम परिवारबाट आएको हुँ,मलाई शास्त्रीय नृत्य सिक्ने मन थियो तर मलाई परिवारले त्यो अनुमति दिएन,’ पावल सम्झिन्छन्, ‘मेरा आमाबाबु रूढिवादी छन्, यतिसम्मकी उनीहरूले मेरो कपालसमेत काटिदिए ताकि म नाच्न नसकुँ।’

पावलका अनुसार त्यसपछि एक युवा महोत्सवमा सहभागी हुन गएको जनाउँदै घरवाट निस्केको र त्यसपछि अब घर कहिल्यै घर नफर्कने कुरा परिवारलाई बताईदिइन्। र, उनी सिधै तेस्रोलिङ्गीहरुले सञ्चालन गरेर सामुदायिक केन्द्रमा कसरी नाच्ने? भनेर सिक्न थालिन् अहिले उनी कोझिकोड जिल्लाका बिद्यार्थीहरूलाई नाच्ने तरिका सिकाउँछिन्।

जाहद भने तिरुवनन्तपुरम सहरको माछा मार्ने समुदायका क्रिश्चियन परिवारबाट आएका हुन्। र हाल उनी नजिकको सुपरमार्केटको लागि काम गर्छन्।

तर, स्थीति अहिले फेरिएको छ, तेस्रोलिङ्गीको रुपमा बाहिर आएपछि जाहदले पनि आफ्नो परिवार छाडेका थिए। तर, अहिले उनी गर्भवती भएपछि उनको परिवारले यो जोडीलाई स्वीकार गरेको छ र सहयोग गर्नसमेत थालेको छ।

जाहादकी आमाले सुरुमा दम्पतीलाई आफ्नो गर्भावस्थाको तस्विर सार्वजनिक नगर्न भनेकी थिइन तर पछि अनुमति दिए पछि गत हप्ता उनीहरूको इन्स्टाग्राममा तस्विर राखिदिए, जसले अहिले निकै चर्चा परिचर्चा हुन थालेको छ। तर, पावलको परिवारले भने अझै पनि उनीहरूलाई स्वीकार भने गरिसकेको छैन।

पावल नृत्य शिक्षिका हुन् भने भने जाहाद लेखापालका रुपमा काम गरिहेका छन्।

इन्स्टाग्राम गर्भवती भएको तस्विर राखे पछि धेरैले सकारात्मक प्रतिक्रिया दिएको उनीहरुले बताएका छन्। उनीहरु आफनो निर्णय प्रति खुसी रहेको पनि जनाईरहेका छन् र अरुलाई खुल्नलाई अपिल गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *