कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
मकवानपुर। कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ।
उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले राससलाई जानकारी दिए।
उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी दिए। सो उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment