ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

डिसी नेपाल
१ फागुन २०७९ १०:०९
256
Shares

फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो।

ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए। ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *