चिसापानी बजारबाट भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत

डिसी नेपाल
१ फागुन २०७९ १०:३६
60
Shares

खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ।

बजार अनुगमन अधिकृत रहेका ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राई संयोजकत्वको अनुगमन टोलीले आइतबार गरेको बजार अनुगमनका क्रममा ३९ हजार ३०८ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थदेखि, विस्कुट, चिउरा, खानेतेल, सस, मसला, फुरन दाना लगायतका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ।

बजार अनुगमनका क्रममा म्याद नाघेको खानेतेल, चिजवल, सस, एचवि बम, कुरुम चिउरा, धुलो खुर्सानी, बेसार, मिक्स मसला, जिरा, हजमोला, सरफ, मेहेन्दी, भ्यासलिन, लिपगार्ड, फुरन दाना, विस्कुट, सुजी, आटा, सन्चो लगायतका २६ प्रकारको सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ। गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारमा ७ हजार ७४० रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ भेटिएको थियो।

म्याद नाघेको सामग्रीलाई संकलन गरेर चिसापानीकै विपि चोकमा जलाएर नष्ट गरिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिकाका अनुगमन समिति संयोजक रुपेश राईले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *