भक्तपुरकाे कुखुरा फार्ममा आगलागी

डिसी नेपाल
१ फागुन २०७९ १२:१४
72
Shares

भक्तपुर।  भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जाकृति चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ। सोही स्थान बस्ने ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौँ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङकाे कुखुरा फर्ममा आगलागी भएको हो।

कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए।

नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ। आगलागीबाट ब्राेईलर कुखुराको चल्ला १८ सयवटा  र  कुखुराको फर्म गरी जम्मा ९ लाख   बराबरको क्षति भएको अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *