फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक

डिसी नेपाल
१ फागुन २०७९ १३:१२
80
Shares

काठमाडौँ। काठमाडौंको फर्पिङ नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार सडक कालोपत्रेका कारण सो नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा सोमबारदेखि रोक लगाइएको हो। ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *