ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात मजदुरहरुले गरे चक्काजाम
काठमाडौं। आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बसुन्धारा–बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोघ प्रदर्शन गरेका छन्।
यातायात मजदुरहरुले सडकमा सार्वजनिक यातायात तेर्साएर विरोध प्रदर्शन गरेका हुन्। सवारी व्यवस्थापनको विषयलाई लिएर यातायात मजदुरहरुको प्रदर्शनका कारण सो क्षेत्रको यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।
यसअघि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले नेपालको यातायात क्षेत्र मन्त्रालय विहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment