बालाजु क्षेत्र तनावग्रस्त, आन्दोलनरत यातायात मजुदरले जलाए प्रहरीको भ्यान

डिसी नेपाल
१ फागुन २०७९ १८:५६
1.5k
Shares

काठमाडौं। आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको भन्दै आन्दोलित यातायात मजदुरले प्रहरीको भ्यान जलाएका छन्।

काठमाडौंको बसुन्धारा–बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोघ प्रदर्शन गरेका यातायात मजदुरहरूले प्रहरीको दुइटा भ्यान जलाएको प्रहरीले जनाएको छ।

विरोध प्रदर्शन चर्कँदै जाँदा बालाजुस्थित गोङ्गबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ।

सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सुरुमा विरोध भएको थियो। पछि वार्ता भएर आन्दोलन फिर्ता भएको थियो। फेरि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको हो।

यस्तै मजदुरलाई आक्रमण भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका छन्।

फागुन ३ गतेदेखि देशव्यापी रूपमा गरिने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न गोङ्गबु बसपार्कमा जम्मा भएका मजदुरलाई नयाँ बसपार्कका ठेकेदार कम्पनीका ३० व्यक्तिले आक्रमण गरेको जनाएको छ।

यातायात मजदुरहरुले सडकमा सार्वजनिक यातायात तेर्साएर विरोध प्रदर्शन गरेका हुन्। सवारी व्यवस्थापनको विषयलाई लिएर यातायात मजदुरहरुको प्रदर्शनका कारण सो क्षेत्रको यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले नेपालको यातायात क्षेत्र मन्त्रालय विहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै मजदुरहरूले विज्ञप्ति जारी गरी उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *