आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ

डिसी नेपाल
१ फागुन २०७९ २३:५६
176
Shares

दमौली। आमालाई कर्तव्य गरी मारेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

८४ वर्षीय माया सर्किनीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

आज बिहान ५ बजे माया सर्किनी मृतावस्थामा फेला परेकी थिइन्। घर नजिकैको गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो।

“घटनास्थल तथा लासजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोराबुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ”, खाँणले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *