स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

डिसी नेपाल
२ फागुन २०७९ १८:१७

महोत्तरी। मटिहानी नगरपालिका-८ मस्जिद टोलबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको महेश सवार ज.०६ प ६६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई राखेको ५ सय दरको १००\१०० थानका ३४ बन्डल गरी उक्त भारतीय रूपैयाँ र मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *